काठमान्डौ, मन्टेस्वरी किड्स वल्र्ड ले सदा झै यो वर्ष पनि अभिभावक दिवस र दिक्षान्त दिवस मनाएको छ । मन्टेस्वरीले आज अभिभावकको उपस्थितीमा एक कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाएको हो ।
कार्यक्रममा मन्टेस्वरीका सबै कक्षाहरुका बालबालिकाहरुले फरक फरक प्रस्तुतीहरु दिएर आफ्ना अभिभावकहरुलाई मनोरञ्जन दिएका थिए भने प्री टु युकेजी का बालबालिकालाई दिक्षीत गरीएको थियो । मन्टेस्वरीकी प्रिन्सिपल सबनम थापाले चिनारी पोष्टलाई बताउनुभयो ।
विधी प्रयोग गरि गुणस्तरिय शिक्षा प्रदान गर्ने दिर्घकालिन उदेश्य सहित काठमान्डौको मध्य बानेश्वरमा सन २००७ मा स्थापित मन्टेस्वरीले बालबालिकाको शैक्षिक तथा पूर्ण विकास गराउँदै आएको छ ।