जेष्ठ ३०,२०८३ / ०६ : ३६ अपरान्ह / 2026-06-13 06:36 pm
      • param ad
      • furniture
      • veera Incorporation

      प्रदेश २ मा स्थगित एसईईको परीक्षा चैत २२ गतेबाट संचालन हुने

      - ७ वर्ष अगाडि
      चैत १८,२०७५

      काठमाडौ, राष्ट्रिय परीक्षा बोर्डलेले प्रदेश २ मा रद्द र स्थगित गरिएको एसईईको परीक्षा चैत २२ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको छ ।

      बोर्डको आज बसेको बैठकले २२ देखि २९ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । चैत्र १० गतेबाट शुरु भएको परीक्षाको चौथो दिन रद्द गरिएको विज्ञान विषयको परीक्षा २२ गते लिने बोर्डले यसअघि नै निर्णय गरेको थियो । अब २३ गते सामाजिक , २४ गते स्वास्थ्य तथा जनसंख्या, २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्वितीय र २७ देखि २९ गतेसम्म प्रविधिक धारका विषयहरुको परीक्षा लिइने बोर्डले जनाएको छ ।

       गएराती आएको हावाहुरीले कुनै परीक्षा केन्द्रमा क्षति पुगेको भए व्यवस्थापन मिलाउन जिल्ला परीक्षा समन्वय समितिलाई बोर्डले आग्रह गरेको छ । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d