जेष्ठ ३०,२०८३ / ०६ : ३६ अपरान्ह / 2026-06-13 06:36 pm
      • param ad
      • furniture
      • veera Incorporation

      अस्थायी,करार शिक्षक द्धारा आन्तरिक परीक्षाको व्यवस्था गर्न माग

      - ७ वर्ष अगाडि
      माघ २६,२०७५

      काठमाडौ, अस्थायी,करार शिक्षक केन्द्रीय संघर्ष समितिले आन्तरिक परीक्षाको व्यवस्था गर्न सरकारसंग माग गरेका छन् । 

      समितिले सनिबार रिपोर्टस क्लवमा पत्रकार सम्मेलन गरि उमेरको हदबन्दी नलगाई सम्पूर्ण अस्थायी, करार तथा विविधकारणले आन्तरिक परीक्षाबाट बञ्चित सबै शिक्षकलाई पुनः आन्तरिक परीक्षाको व्यवस्था मिलाउन सरकारसंग माग गरेको हो । समितिले सेवावाट अवकास लिन चाहने शिक्षकहरुलाई औषधी उपचारको एकमुष्ट रकम सहित स–सम्मान विदा गर्न पनि आग्रह गरेको छ । 

      अस्थायी ,करार शिक्षकहरुले माग पुरा नभए आगामी २९ गते देखि मुलुकभरका विद्यालयबाट शिक्षकहरुलाई राजधानी झिकाई दबाबमुलक आन्दोलन गर्ने चेतावनी दिएका छन् । संघर्ष समितिका संयोजक हेमनाथ चौलागाईले सरकारले आफुहरुको माग सम्बोधन नगरे आन्दोलमा उत्रने बताउनुभयो 

      संघर्ष समितिले माग सम्बोधनका लागि सरकारलाई दबाब दिन आगामी फागुन २ गते सत्तारुढ दल नेकपाको कार्यालयमा धर्ना दिने कार्यक्रम सार्वजनिक गरिसकेको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d