जेष्ठ ३०,२०८३ / ०७ : ०० अपरान्ह / 2026-06-13 07:00 pm
      • param ad
      • furniture
      • veera Incorporation

      एसियाकै प्रख्यात प्रशिक्षक डाक्टर उज्जवल पाट्नी पहिलो पटक नेपाल आउने

      - ७ वर्ष अगाडि
      माघ २५,२०७५

      काठमाडौ, एसियाकै प्रख्यात प्रशिक्षकको रुपमा परिचित डाक्टर उज्जवल पाट्नी एक कार्यक्रममा प्रशिक्षण दिन पहिलो पटक नेपाल आउने भएका छन् । 

      शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्धार भैरहवामा आगामी फागुन ४ गते हुने बिजनेश सेमिनारमा १ सय २० जनालाई सहभागी गराउने कार्यक्रममा सहभागी हुन डक्टर पाट्नी नेपाल आउने भएका हुन् । सात वटा विभिन्न विधामा पुस्तक प्रकाशन गरिसकेका भारतीय नागरिक पाट्नीले ३ पटक गिनिज बुक अफ वल्र्डमा नाम दर्ता गराइसकेका छन् भने २०१४ मा वेस्ट कर्पोरेट ट्रेनर अफ इण्डिया भएको जिनियस इन्साइडरका प्रमुख कार्यकारी अधिकृत कृष्ण साहले  बताउँछन्। 

      उज्जवल पाटनीले विश्वका २८ वटा देशमा प्रशिक्षण दिइसकेका छन् । प्रायजसो कार्यक्रमहरु काठमाण्डौंमा मात्र केन्द्रीत हुने भएकोले आर्थिक हबको रुपमा विकसित हुँदै गइरहेको भैरहवा क्षेत्रका वासिन्दालाई केन्द्रित गरेर कार्यक्रमको आयोजना गरिएको हो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d