श्रावण २२,२०७९ / १० : ४१ अपरान्ह / 2022-08-07 10:41 pm

        आगामी शैक्षिक वर्षमा पनि पाठ्यपुस्तक अभाव हुने निश्चित

        - ३ वर्ष अगाडि
        माघ ८,२०७५

        काठमाण्डौ, हरेक शैक्षिक सत्रमा विद्यार्थीले समयमा नै पुस्तक नपाउने गरेका छन् । पाठ्यपुस्तक छपाईमा ढिलाई हुँदा गत बर्षको जस्तै आउँदो शैक्षिक सत्रमा पनि पाठ्यपुस्तक अभाव हुने देएिको छ । पाठ्यक्रम विकास केन्द्रले समयमै पाठ्यपुस्तक छपाइ गर्ने जिम्मा दिन नसक्दा समस्या हुने सम्भावना देखिएको हो ।

        गतवर्ष पुस १५ गतेदेखि पाठ्यपुस्तक छपाइ शुरू गरेका पुस्तक प्रकाशकहरूले यस बर्ष  माघको पहिलो साता देखि पाठ्यपुस्तकको छपाईको काम सुरु गरेका छन् । पुस १५ गतेदेखि पुस्तक छपाई सुरु गर्दा पनि विद्यार्थीले समयमा नै पुस्तक पाएका थिएनन् । डोल्पा, हुम्ला, जुम्ला, मनाङ र मुस्ताङमा फागुन १ गतेदेखि शैक्षिक सत्र शुरू हुने गरेको छ । 

        गतवर्ष निजी प्रकाशकले माघ १० गतेभित्र हिमाली जिल्लामा पाठ्यपुस्तक पु¥याइसकेका थिए । यो वर्ष फागुन पहिलो साता पनि पु¥याउन नसकिने देखिएको छ । पाठ्यपुस्तक विकास केन्द्रले भने कक्षा १ देखि ४ सम्मको पुस्तक छपाईको काम निजि वितरकलाई दिएको छ भने ५ देखि १० सम्मको जनक शिक्षा सामाग्रीलाई दिईएको छ । आगामी शैक्षिक वर्षका लागि पुस्तकमा केही हेरफेर  गर्नुपरेकाले पनि ढिला भएको पाठ्यपुस्तक विकास केन्द्रले जानकारी दिएको छ । 

        जनक शिक्षा सामग्री त्यही संस्थान हो जसले पछिल्लो वर्षहरुमा समयमा पुस्तक छपाईको काम गर्न सकेको छैन । तर संस्थानले हरेक वर्ष समयमै पुस्तक छपाईको काम सक्ने दावी गर्ने गरेको छ । शैक्षिक सत्र २०७६ का लागि पनि पाठ्यपुस्तक अभाव नहुने केन्द्रका प्रवक्ता चित्र आचार्यको दावी छ । 

        केन्द्रले अहिले दैनिक १ लाख २५ हजार पाठ्यपुस्तक छाप्ने काम गरिरहेको छ । एउटा कक्षाका लागि करिब ३५ लाख पाठ्यपुस्तक छपाई गर्नुपर्ने हुन्छ । आगामी शैक्षिक वर्षका लागि कूल साढे ३ करोड पाठ्यपुस्तक छपाई गर्नुपर्ने हुन्छ ।

          सम्बन्धित समाचारहरु