श्रावण २२,२०७९ / ०९ : २५ अपरान्ह / 2022-08-07 09:25 pm

        १४ हजार पदमा लोकसेवा खुलाउनेगरी विशेष कार्ययोजना तयार

        - ३ वर्ष अगाडि
        पौष १,२०७५

        काठमाडौं, सरकारले कर्मचारी समायोजनलगत्तै कम्तीमा १४ हजार पदमा लोकसेवा खुलाउनेगरी विशेष कार्ययोजना तयार पारेको छ । 

        संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको विशेष कार्ययोजनामा फास्ट ट्रयाकमार्फत सबै सेवा समूहका १४ हजार पदमा विज्ञापन गर्ने गृहकार्य अघि बढाएको हो ।

        यो विशेष कार्ययोजना अन्तर्गत सरकारले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनलगत्तै तिनै तहमा पद अनुसार रिक्त दरवन्दीको प्रक्षेपण गर्नेछ ।

        माघको दोस्रो सातासम्ममा समायोजनको सबै प्रक्रिया सक्ने तयारी गरेको सरकारले माघको अन्तिम सातासम्ममा ठूलो संख्यामा लोकसेवा खुलाउने गरी कार्ययोजना अन्तिम चरणमा पुर्‍याएको हो ।

          सम्बन्धित समाचारहरु