भाद्र १,२०७९ / ०३ : १८ पूर्वान्ह / 2022-08-17 03:18 am

        नामै काफि छ पिपलबोटे स्कुल, जहाँ विगत २२ वर्ष देखि खुला आकाशमुनी पढाउँछन चन्द्र भण्डारी

        - ३ वर्ष अगाडि
        मंसिर २५,२०७५

        इटहरी, इटहरीस्थित टेंग्रा खोला छेउमा एउटा रुखमुनीको खुला आकाशमा केही बालबालिका भुईमा गुन्द्री र म्याटमाथि बसेर पढिरहेका छन् । छेउमा बसेका छन, शिक्षक चन्द्र भण्डारी ।  महेन्द्र राजमार्गअन्तर्गतको टेंग्रा खोला पुल नजिकैको त्यो रुखमुनी केटाकेटी पढ्न थालेको २२ वर्ष भयो । जुन पिपलबोटे स्कुलको नामले प्रख्यात छ । दैनिक दुई घण्टाको लागि त्यही बाटोमा, रुख मुनी भेला हुन्छन, ट्युसन पढ्छन, फर्किन्छन् । जाडो होस् वा गर्मी यो क्रम चलिरहेको छ । 

        धनकुटाको गोकुण्डेश्वर माविबाट २०४३ सालमा एसएलसी पास गरेका भण्डारी धनकुटा बहुमुखी क्याम्पसमा भर्ना मात्र भए । आर्थिक अभावले पढाइलाई निरन्तरता दिन सकेनन् । पढ्ने इच्छा मनभित्रै दबाएर दैनिक १० रुपैयाँ ज्यालामा काम गर्न थाले । ०४४ सालमा इटहरी झरेर ग्यारेजमा काम थाले । आर्थिक अभावले एसएलसीभन्दा माथी पढ्न नसकेका उनले केटाकेटीलाई खुला स्थानमा निशुल्क पढाउन थाले । उनको यो अभियानलाई अभिभावकले साथ दिएका छन् ।

        ट्युसनमा नर्सरीदेखि कक्षा ८ सम्मका विद्यार्थीहरुलाई सबै विषय पढाउँछन् उनी । सामुदायिक स्कुलदेखि बोर्डिङका समेत विद्यार्थी हुन्छन् । यति मात्र होइन ठुला व्यापारीहरुका घरमै गएर होम ट्युसन समेत पढाउछन् । खुला आकाशमुनि बिद्यार्थिलाई ट्युसन पढाउदै आएका उनि कसैले विद्यार्थीका लागि कोठाको व्यवस्था गरिदिए हुन्थ्यो चाहन्छन् ।

          सम्बन्धित समाचारहरु