जेष्ठ ११,२०८३ / ११ : ४१ पूर्वान्ह / 2026-05-25 11:41 am
      • param ad
      • furniture
      • veera Incorporation

      देउसीभैलोबाटै जुटाए विद्यार्थीले शिक्षकको तलब

      - ७ वर्ष अगाडि
      कार्तिक २७,२०७५

      गलेश्वर, देउसीभैलोबाट सङ्कलित रकम वनभोजसहित रमाइला कार्यमा खर्च गरिँदै आएको बेला गलेश्वरको एक विद्यालयका विद्यार्थीले भने सो रकम निजी स्रोतका शिक्षकको तलबका लागि जुटाएका छन् । 

      रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेस्थित रितुङ माविका विद्यार्थीले देउसीभैलो खेलेर  ६ लाख ५०रुपौँया जुटाएका छन् । सो रकम विद्यार्थीले विद्यालयलाई हस्तान्तरण गरेका छन् । आधारभूतदेखि माविस्तरसम्मका शिक्षकको तलब जुटाउन हम्मेहम्मे परेपछि विद्यार्थीले स्थानीयवासीको घरदैलोमै पुगेर देउसीभैलोमार्फत उक्त रकम जुटाएका शिक्षक यामप्रसाद विश्वकर्माले बताए । 

      “मावि तहमा दरबन्दी नहुँदा शिक्षकलाई समुदायले तलब खुवाउनुपर्छ,” उनले भने, “निजी स्रोतका शिक्षकको तलबभत्तामा वार्षिक १० लाख रुपैँया खर्च हुन्छ ।” विद्यालयको आर्थिक अवस्था निकै कमजोर छ । लामो समयदेखि शिक्षकलाई तलब खुवाउन नसकिरहेको अवस्थामा विद्यार्थीले देउसीभैलो खेलेर रकम जुटाएपछि सजिलो भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गमान छन्त्यालले बताए । मावि तहमा गणित, विज्ञान र अङ्ग्रेजी विषयका शिक्षक नीजि स्रोतका छन् । आधारभूत तहमा समेत समस्या छ । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d