जेष्ठ ११,२०८३ / ११ : ४१ पूर्वान्ह / 2026-05-25 11:41 am
      • param ad
      • furniture
      • veera Incorporation

      पोखराका विद्यार्थी आन्दोलित, यस्तो छ कारण

      - ७ वर्ष अगाडि
      असोज २८,२०७५

      कास्की, कास्की जिल्लाका कक्षा ११ मा अध्यनरत विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । कक्षा ११ को परीक्षाफलमा लापरवाही भएको भन्दै पोखराका बिद्यार्थीहरु आन्दोलित भएका हुन । रसायन शास्त्र, भौतिक शास्त्र र गणित विषयको नतिजा बिग्रेको उनीहरुको दाबी छ ।

      कास्कीमा विज्ञान विषय पढाइ हुने अधिकांश विद्यालयले रिजल्टप्रति चर्काे असन्तुष्टि व्यक्त गरेका छन् । रसायन शास्त्र, भौतिक शास्त्र र गणित विषयको नतिजा बिग्रेको भन्दै राष्ट्रिय परीक्षा बोर्ड पोखरा कार्यालयमा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन् । 

      विद्यार्थीले नतिजा प्रकाशनको भोलिपल्ट २१ गतेदेखि विद्यार्थी परीक्षा बोर्ड कार्यालयमा धर्ना सुरु गरे । जनप्रिय बहुमुखी क्याम्पस, गोगन मावि, डायमन्ड मोडल, सगरमाथा मावि, स्टेपबाइ स्पेप अमरसिंह मावि लगायत पोखराका अन्य विद्यालयका विद्यार्थीले परीक्षा बोर्डले उत्तरपुस्तिका परीक्षण गर्ने क्रममा लापरएका छन् । 

      विद्यार्थीको भविष्य नै बिग्रने गरी लापरबाही भएको विद्याथीहरुको भनाइ छ । २१ गतेदेखि धर्ना दिएपछि उत्तरपुस्तिका पुनः परीक्षणको विषयमा के भइरहेको छ भन्ने विद्यार्थीलाई लिखित रुपमा जानकारी हुनुपर्ने उनीहरुको माग छ । तर राष्ट्रिय परीक्षा बोर्ड पोखरा शाखामा प्रमुख विष्णुनारायण श्रेष्ठ लिखित रुपमा जानकारी दिन नमिल्ने बताएका छन् । क्षेत्रीय कार्यालय पोखराबाट गर्नुपर्ने सबै प्रक्रिया अघि बढाएको जानकारी दिदै केन्द्रले निर्णय लिनुपर्ने विषयमा शाखा कार्यालयबाट केही लिखित सूचना निकाल्न नमिल्ने श्रेष्ठले बताए । 

      बोर्डले कात्तिकको २८ गतेसम्म पुनःजाँच गरेर परीक्षाफल प्रकाशन गर्ने तयारी गरेको छ । गत जेठ ९ गते सम्पन्न परीक्षाको विगतका वर्षभन्दा ३ महिना अगाडि नै बोर्डले नतिजा सार्वजनिक गरेको थियो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d