जेष्ठ ११,२०८३ / ११ : ४१ पूर्वान्ह / 2026-05-25 11:41 am
      • param ad
      • furniture
      • veera Incorporation

      देशभरका शिक्षक आन्दोलनमा

      - ७ वर्ष अगाडि
      असोज २१,२०७५

      काठमाण्डौ, संघिय शिक्षा ऐनमा सम्पूर्ण राहत शिक्षकहरुको पेशागत सुनिश्चीतताका लागी नीतिगत व्यवस्था गर्नुपर्ने माग गर्दे नेपाल राहत शिक्षक केन्द्रिय समितिले आईतबार काठमाडौमा प्रर्दशन गरेको छ । 

      संघीय सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनमा राहत शिक्षकको स्थायित्वका वारेमा सम्वोधन नगरिएको भन्दै समितिले काठमाडौंमा दवावमुलक प्रर्दशन गरेका हुन् । काठमाडौंको माइतिघरबाट सुरु भएको विरोध र्याली नयाँबानेश्वर पुगी कोणसभामा परिणत भएको थियो । 

      राहत शिक्षकहरूको स्थायित्वका लागि संघीय शिक्षा ऐनमा स्पष्ट प्रावधान राखिनु पर्ने, शिक्षक सेवा आयोगका परीक्षाहरुमा राहत शिक्षकहरूलाई उमेरको हद लगाउन नहुने, शिक्षकहरू विचको भेदभाव अन्त गरिनु पर्ने लगायतका मुख्य चार सूत्रीय माग राख्दै समितिले आन्दोलन जारी राखेको हो । 

      प्रर्दशनमा सहभागीहरुले तत्काल आफ्नो माग पुरा गराउन राज्यको ध्यानाकर्षण गराउन बिभिन्न नारा लगाएतका थिए ।  यसअघि शिक्षामन्त्रायसंग भएको वार्तामा सरकारका प्रतिनिधिहरुले राहत शिक्षकका मागहरू संघीय शिक्षा ऐनमा समावेश गर्न सकिने प्रतिवद्धता जनाएतापनि लिखित सम्झौता पत्रमा हस्ताक्षर नगरेकाले आन्दोलन जारी राखिएको समितिको आरोप छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d