जेष्ठ ११,२०८३ / ११ : ४१ पूर्वान्ह / 2026-05-25 11:41 am
      • param ad
      • furniture
      • veera Incorporation

      जीआरइ वा जीम्याट दिदै हुनुहुन्छ, ख्याल गर्नुहोस यी कुरा

      - ७ वर्ष अगाडि
      असोज १८,२०७५

      अहिले संसारका राम्रा कलेजहरुले इन्ट्रान्स परिक्षालाई अनिवार्य बनाएका छन् । जसका लागि जीआरइ तथा जीम्याट महत्वपूर्ण छ । यसको तयारीका लागि निम्न कुराहरु गर्दा राम्रो हुन्छ ।

      १. यो परिक्षा दिनुभन्दा अगाडि मोक टेष्ट दिनु राम्रो हुन्छ जसले तपाइ आफु कहाँनेर हुनुहुन्छ र कति तयारी चाहिन्छ भन्ने थाहा हुन्छ ।

      २. पढ्ने एउटा समय तालिका बनाउनु भयो भने राम्रो हुन्छ । एकदम ब्यस्त हुदाँ पनि त्यो समय तालिका अनुसार अनिवार्य पढ्नु पर्दछ ।

      ३. पढाइमा निरन्तरता दिनुपर्छ, निरन्तर पढ्ने र पूर्ण रुपमा पढेका कुराहरुलाइ विश्लेषण पनि गर्नु पर्दछ । सहि उत्तर लेख्ने बानीको विकास गर्नुपर्दछ । 

      ४. परिक्षा तयारी कक्षाहरुमा भर्ना हुदा थप फाइदा पुग्छ । निरन्तर मोक टेष्ट मात्र नभएर उनीहरुबाट नयाँ नयाँ फम्र्याटहरु तथा उत्प्रेरणा पाइन्छ ।  

      ५. आफुले निवेदन दिन लागेको कलेजहरुको फर्म भर्ने म्याद हेरेर त्यसको म्याद सकिनु भन्दा कम्तिमा २ महिना अगाडिको टेष्ट डेट लिदा राम्रो हुन्छ । 

      ६. एकदम शान्त र एकान्तमा टेष्ट दिने आदत बनाउनु पर्छ । ग्रुपमा टेष्ट दिने बानी पर्यो भने त्यसले टेष्टमा अफ्ठेरो पर्छ । कुनै कुनै दिन होटलमा भिडमा खाजा खादै पनि यो टेष्ट दिदा हुन्छ यसले आत्मविश्वास बढाउछ । 

      ७. सकेसम्म रिभिजन गरिरहनुपर्छ । 

      ८. बास्तवमा जीआइ र जीम्याट भनेको समय ब्यवस्थापन नै हो । समयको पावन्दी नहुने हो भने जसले पनि ८५ प्रतिशत भन्दा बढी नम्बर ल्याउन सक्छ । त्यसकारण समयमा परिक्षा सक्ने बानीको विकास गर्नुपर्छ । 

      यी टीप्सहरु प्रयोग गर्ने हो भने पक्कै पनि तपाइँको स्कोर बढ्नेछ । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d