जेष्ठ ११,२०८३ / ११ : ४२ पूर्वान्ह / 2026-05-25 11:42 am
      • param ad
      • furniture
      • veera Incorporation

      अनाथ बालबालिकालाई पढाइ खर्च गाउँपालिकाको जिम्मामा

      - ७ वर्ष अगाडि
      असोज १८,२०७५

      डोटी, डोटीको सायल गाउँपालिकाले अनाथ बालबालिकालाई पढाइ खर्चस्वरुप प्रतिमहिना एक हजार ५०० प्रदान गर्ने भएको छ । 

      गाउँपालिकाले गरेको उक्त निर्णयबाट तीन दर्जन बालबालिका लाभान्वित हुने उपाध्यक्ष विष्ना सिंहले बताइन् । उनले भनिन, “गाउँपालिकाभरका अथान बालबालिकाको तथ्याङ्क सङ्कलन हुँदैछ, सबैलाई पढाउने निर्णय गरेका छाँै ।” सो भत्ताबाट आफन्तको घरमा बस्दै आएका टुहुरा बालबालिकाको पढाइमा समेत सहयोग पुग्ने भएको छ । 

      गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ । सो अनुसार साठी वर्ष पुगेका गैरदलित र ५० वर्ष पूरा भएका दलित एकल पुरुषलाई प्रतिमहिना रु ५०० भत्ता दिने दिइने भएको छ । एकल महिला मात्र नभई एकल पुरुषलाई पनि समस्या हुने भएकाले भत्ता उपलब्ध गराउन लागिएको र यस्तो निर्णय गर्ने यो गाउँपालिका पहिलो भएको अध्यक्ष तेजबहादुर डुम्रेलले बताए । उनले भने, “एकल पुरुषको समस्या देखेर भत्ता दिने निर्णय गर्ने हामी पहिलो जनप्रतिनिधि हाँै, यसबाट सबै एकल पुरुषलाई राहत मिल्ने छ ।” 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d