काठमाण्डौ, आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले नेपालमा आयूर्वेद तथा योगसम्बन्धी अनुसन्धान गर्ने विश्वविद्यालय स्थापना गर्ने तयारी भईरहेको जानकारी दिएका छन् ।
नेपालमा रहेका आचार्य बालकृष्णले बुधबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै पतञ्जली योगपीठले आयूर्वेद अनुसन्धानका लागि नेपालमा विश्वविद्यालय स्थापना गर्नका लागि नेपाल सरकारसँग पनि छलफल भईरहेको बताएका हुन् ।
त्यस्तै नेपालका बालबालिकलाई लक्षित गर्दै खेल विद्यालयको स्थापनको तयारी पनि भईरहेको उनले जानकारी दिएि । केहि स्थानमा जग्गा खरिद र केहि स्थानमा सरकारसंग जग्गा भाडामा लिएर विश्वविद्यालय स्थापना गरिने उनले बताउका छन् । आचार्य बालकृष्णले नेपाल जडिबुटी भण्डार रहेको भन्दै जडिबुटीको खेती गरेर नेपालीलाई नै रोजगारीको अवसर सृजना गर्नुपर्नेमा जोड दिए । पतञ्जली योगपीठले नेपाल सहित बिभिन्न देशको मापदण्ड अनुसार नै आयुर्वेद औषधी उत्पादन गरिरहेको पनि दाबी गरे ।
त्यस्तै योगको संगठनको काम बिश्वभर नै राम्रो भईरहेको जानकारी दिदै उनले संस्थागत ढंगले पनि योग शिक्षालाई तिव्रता दिईएको जानकारी दिए । नेपालमा विश्वविद्यालय र विद्यालयका साथै स्वस्थ नेपाल समृद्ध नेपाल र शिक्षित नेपालको भावनाले आफुले नेपालमा बिभिन्न क्षेत्रमा सहकार्य गर्न तयार रहेको उनले बताएका छन् ।








