जेष्ठ ११,२०८३ / १० : ४७ पूर्वान्ह / 2026-05-25 10:47 am
      • param ad
      • furniture
      • veera Incorporation

      शिक्षक महासङ्घद्वारा २१ गतेबाट आन्दोलन घोषणा

      - ७ वर्ष अगाडि
      असोज १६,२०७५

      काठमाडौँ, नेपाल शिक्षक महासङ्घले शिक्षकहरुको संस्था र सरकारबीच गरिएका विगतका सम्झौता कार्यान्वयन नगरिएकाले आन्दोलनमा उत्रिनुपरेको जनाएको छ । 

      आज आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष बाबुराम थापाले महासङ्घले निवृत्त शिक्षक र सबै स्थायी शिक्षकको निवृत्तिभरण, उपदान र औषधोपचार खर्च सङ्घीय सरकारले गर्नुपर्ने, विद्यालय कर्मचारीको तहगत दरबन्दी सिर्जना गरी सोहीअनुसार पारिश्रमिक निर्धारण गर्नुपर्ने, राहत शिक्षकलाई स्थायी दरबन्दीमा रुपान्तर गर्नुपर्नेलगायत माग राखेको जानकारी दिएका छन् । 

      महासङ्घले यही असोज २१ देखि मङ्सिर २१ सम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । यसैगरी महासङ्घले शिक्षासम्बन्धी हरेक अङ्गमा आफूहरुको अनिवार्य उपस्थित गराउनसमेत माग गरेको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d