जेष्ठ ११,२०८३ / १० : ४७ पूर्वान्ह / 2026-05-25 10:47 am
      • param ad
      • furniture
      • veera Incorporation

      गुणस्तरीय शिक्षा प्रदान गर्न अपांगमैत्री अत्याधुनिक पुस्तकालय निर्माण हुने

      - ७ वर्ष अगाडि
      असोज १४,२०७५

       काठमाडौं, नेपाल जर्नीले नेपालकै नमूना अपांगमैत्री अत्याधुनिक पुस्तकालय निर्माण गर्न आगामी डिसेम्बर ८ मा फण्ड रेजिङ्ग आयोजना गर्ने भएको छ । 

      आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेपाल जर्नीका अमेरिकास्थित् ओहाओका कोअर्डिनेटर सुनिल माथेमा प्रधानले यस्तो जानकारी गराएका हुन् । उनले आफूहरुले अहिलेसम्म ५ वटा सुविधासम्पन्न पुस्ताकालय निर्माण गरिसकेको जनाउँदै अबको ‘ड्रिम–प्रोजेक्ट’ रहेको उक्त नेपालकै नमूना अपांगमैत्री अत्याधुनिक पुस्ताकालय निर्माण गर्ने रहेकोले यसको लागि सहयोगी हातहरुको खाँचो रहेको सुनाए । 

      त्यस्तै कार्यक्रममा नेपाल जर्नीकी बोर्ड सदस्य अमेरिकाको टेक्सास निवासी बबिना खड्काले पनि आफूहरुको यो प्रोजेक्ट सफल बनाउनको लागि सबैको सहयोगको खाँचो रहेको औंल्याईन् । उनले भनिन्,‘डिसेम्बर ८ मा हुने फण्ड रेजिङ्गमा कम्तिमा पनि ५ सय जनाको उपस्थिति हुनेछ भन्ने हाम्रो विश्वास छ । 

      गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि भरतपुर गणेशस्थानमा रमाइलो वातावरणमा ‘स्पेसल डीजाइन’ मा अपांगमैत्री पुस्तकालय निर्माण गर्न लागिएको खड्काले जानकारी दिईन् । उनले भनिन्,‘यही डिसेम्बर ८ गते शनिबार ग्रेपभाइन सिटीस्थित मेरिअट होटेलमा उक्त कार्यक्रम गर्न लागिएको जानकारी गराउन पाउँदा खुशी लागेको छ ।’

      बिगतमा भन्दापनि भब्य र सभ्य रुपमा उक्त कार्यक्रम सम्पन्न गर्ने आफूहरुको लक्ष्य रहेको खड्काले सुनाईन् । जारी विज्ञप्तीमा भनिएको छ,‘तपाईंको उपस्थितिलाई गौरवमय बनाउने प्रतिबद्धता व्यक्त गर्दै सानो संख्यामा भए पनि नेपालका पहुँच बाहिरका बालबालिकाहरुलाई सहयोग गर्ने अभियानमा सहयोगी बन्न डालसबासी सम्पूर्ण समाजसेवी एब सर्बसाधारण महानुभावहरुमा हार्दिक अनुरोध गर्दछौं ।’

      कार्यक्रममा नेपाल जर्नीका कानुनी सल्लाहकार केशव पुरीले पनि नेपाल जर्नीको समाजसेवी कामबाट प्रभावित भएर आफू यो अभियानमा सहभागी भएको स्पष्ट पारे । उनले भने,‘नेपालमा जर्नी नेपालले सुविधानसम्पन्न पुस्ताकालय निर्माण गरेर सम्पूर्ण नेपालीहरुको मन जितिसकेको छ । अमेरिकामा त फण्ड रेजिङ काम भैरहेको छ । नेपालमा पनि धेरै दानवीर हुनुहुन्छ । हामी पनि फण्ड रेजिङ कार्यक्रम गरिरहेका छौं ।’

      उनले नेपाल जर्नीको यो अभियानमा सहभागी हुन सबैलाई आग्रहसमेत गरे । उनले भने,‘हामी नेपालीहरु मनकारी छौं । जर्नी नेपालले नेपालमै नमूना अपांगमैत्री पुस्ताकालय निर्माण गर्न गैरहेको छ । यो नेपाल र नेपालीहरुको लागि गौरवको विषय हो । यो महाअभियानमा सबैजना सहभागी हुनुपर्छ ।’

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d