जेष्ठ ११,२०८३ / १० : ४७ पूर्वान्ह / 2026-05-25 10:47 am
      • param ad
      • furniture
      • veera Incorporation

      अनाथ बालबालिकाका लागि आवासीय विद्यालय संञ्चालन हुने

      - ७ वर्ष अगाडि
      असोज १३,२०७५

      बाजुरा, अनाथ बालबालिकाका लागि नगरस्तरीय आवासीय विद्यालय सञ्चालन गर्ने भएको छ । 

      बुबाआमा दुवै गुमाएका बालबालिकालाई लक्षित गरेर बाजुरा बडिमालिका नगरपालिकाले नगर क्षेत्रमा सञ्चालित कुनै एक विद्यालयमा अनाथ बालबालिकाका लागि आवासीय विद्यालय सञ्चालन गर्न लागेको हो । 

      विपन्न समुदायका अभिभावक गुमाएका बालबालिकालाई शिक्षामा सहज पहुँच पु¥याउन र उनीहरूको जीवन सुरक्षा, गुणस्तीय शिक्षाका लागि आवासीय विद्यालय सञ्चालन गर्न लागिएको नगर प्रमुख पदम बडुवालले बताए  । 

      असाहय, अनाथ र टुहुरा बालबालिकाका लागि सधैँ अरुसँगै अनुरोध गर्नुपर्ने तथा अभाव र समस्याका कारण त्यस्ता बालबालिकाका बिचल्लीमा परेको खबर सुन्नुपर्ने समस्यालाई हटाउन नगरपालिकाले आवासीय विद्यालय सञ्चालन गर्न लागेको प्रमुख बडुवालको भनाइ छ । 

      विद्यालय सञ्चालनका लागि पहिलो चरणमा अनाथ बालबालिकाको तथ्याङ्क सङ्कलन गर्ने र यस सम्बन्धी कार्य्विधि बनाएर काम शुरु गर्ने उपप्रमुख कविता विष्टले बताए । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d