जेष्ठ ११,२०८३ / १० : ४५ पूर्वान्ह / 2026-05-25 10:45 am
      • param ad
      • furniture
      • veera Incorporation

      आगामी वर्ष सबै नागरिकलाई साक्षर बनाउने : गिरिराजमणि पोखरेलल

      - ७ वर्ष अगाडि
      असोज ११,२०७५

      काठमाडौं, सरकारले आगामी वर्ष ‘साक्षर नेपाल अभियान’ संचालन गर्ने भएको छ । 

      शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सरकारले आगामी वर्ष ‘साक्षर नेपाल अभियान’ संचालन गर्न लागेको जानकारी गराएका हुन् । बिहिबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा मन्त्रालयका भावी योजनाबारे जानकारी गराउने क्रममा उनले आगामी वर्षलाई साक्षर नेपाल अभियानको रुपमा अघि बढाउन लागिएको बताए । त्यसका लागि सरकारले आन्तरिक रुपमा छलफल गरिरहेको पनि मन्त्री पोखरेलको दावी छ । सरकारले यो वर्ष सबै बालबालिकालाई विद्यालय भर्ना गर्ने अभियान संचालन गरेको छ । अर्को वर्ष सबै नागरिकलाई साक्षर बनाउने अभियान अघि बढाउने योजना तय गरिएको मन्त्री पोखरेलले जानकारी दिए । 

      मन्त्री पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सहमति अनुसारनै पारित गर्ने प्रतिवद्धता पनि जनाएका छन् । उनले विगतमा गरिएका सहमति अनुसार अघि बढाउने उल्लेख गर्दै सो विधेयक पारित गर्न ढिलाई नगर्न पनि समिति समक्ष आग्रह गरे 

      आगामी शैक्षिक सत्रदेखि ऐनको रुपमा लागू गराउने सो विधेयक पारित गर्न अव संघीय संसदले पनि ढिलाई गर्न नहुने मन्त्री पोखरेलको भनाई छ । बैठकमा समितिका सदस्यहरुले सो विधेयक वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सहमति अनुसार नै संघीय संसदले पारित गर्ने विश्वास व्यक्त गरेका थिए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d