काठमाडौं, चिकित्सा शिक्षा क्षेत्रमा सुधारका लागि संघर्षरत डा. गोविन्द केसीले फेरि अनसन बस्ने चेतावनी दिएका छन् ।
सरकार र आफूबीचको पूर्व सम्झौताअनुसार चिकित्सा शिक्षा विधेयक जारी नभए आगामी ६ दिनपछि १६ औं अनशन थाल्ने चेतावनी दिएका हुन । पूर्वसम्झौताअनुसार निर्माण गरिएको विधेयकमाथि प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा छलफल भइरहेका बेला समितिका सभापति जयपुरी घर्ती मगरले दिएको विवादस्पद अभिव्यक्तिले आफूलाई फेरि एक पटक झस्काएको भन्दै डा. केसीले संसदको चालु अधिवेशनबाट जस्ताको त्यस्तै विधेयक पारित हुनु पर्ने माग गरेका छन ।
डा. केसीले विज्ञप्ति जारी गर्दै विधेयक चालु अधिवेशनबाट नै पास हुनुपर्ने माग पनि गरेका हुन्। समितिकी सभापति घर्तिले केही दिन अघि यो अधिवेशनमा चिकित्सा विधेयक पास नहुने अभिव्यक्ति दिएकी थिइन्। त्यसबाट आक्रोशित डा. केसीले तोडमोड गरी विधेयक पारित गर्न राजनीतिक दलका नेताहरुले चलखेल गर्न थालेको भन्दै आशंका व्यक्त गरेका छन ्। डा. केसी गत साउन १० देखि २७ दिन लामो अनशन बसेका थिए ।








