जेष्ठ ११,२०८३ / ११ : ४६ पूर्वान्ह / 2026-05-25 11:46 am
      • param ad
      • furniture
      • veera Incorporation

      शिक्षा दिवस मनाइँदै

      - ७ वर्ष अगाडि
      भाद्र २३,२०७५

      काठमाडौँ,  ‘समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पूर्वाधार’ भन्ने नारासहित आज ३९आँ राष्ट्रिय शिक्षा दिवस तथा ५२आँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइएको छ । 

      यस अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको अध्यक्षतामा गठित मूल समारोह समितिले विभिन्न उत्कृष्ट विद्यालय र शिक्षासेवीलाई पुरस्कृत गरिने र विभिन्न शङ्कायमा उत्कृष्ट भई उपाधिप्राप्त विद्यार्थीलाई विद्याभूषणबाट विभूषित गरिने कार्यक्रम छ ।समारोह समितिले प्रदेश र स्थानीय सरकारलाई पनि दिवस मनाउन, विद्यालयमा रुखका बिरुवा रोप्न र सरसफाइ कार्यक्रम सञ्चालन गर्न आह्वान गरेको छ । 

      उक्त दिवसको पूर्वसन्ध्यामा शिक्षा मन्त्रलायले शुक्रबार ‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार नीति र कार्यक्रम २०७५’ घोषणा गरेको थियो । हाल प्राथमिक तहमा पढ्ने उमेरका बालबालिकाको भर्ना दर ९७ दशमलव २ प्रतिशत पुगेको छ । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d