जेष्ठ ११,२०८३ / ११ : ४४ पूर्वान्ह / 2026-05-25 11:44 am
      • param ad
      • furniture
      • veera Incorporation

      ‘स्मार्ट स्कूल’का लागि सरसफाइ सम्मेलन

      - ७ वर्ष अगाडि
      भाद्र २०,२०७५

      सुर्खेत,  ‘स्मार्ट स्कूल’ निर्माणका लागि आयोजना गरिएको सरसफाइ सम्मेलन सम्पन्न भएको छ । 

      कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्रामले उक्त सम्मेलन आयोजना गरेको हो । एसएनभी नेपालको सहयोग तथा वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा भएको सो सम्मेलनको उद्घाटन वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले गरेका थिए । उनले शिक्षा र स्वास्थ्यलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताउए । 

      विद्यालयका प्रधानाध्यापक यामलाल घिमेरले सम्मेलनमा चर्पीको प्रयोग, साबुनको प्रयोग, महिनावारी स्वच्छता व्यवस्थापन, सफा वातावरणलगायत विषयमा विद्यार्थीलाई जानकारी गराइएको थियो । चर्पीको पहुँच ६४ प्रतिशत, साबुनको प्रयोगमा ४१, महिनावारी स्वच्छता ५६, सफा पिउने पानीको प्रयोग ५८ तथा सफा वातावरणतर्फ ७१ प्रतिशत लक्ष्य हासिल भएको विद्यालयले जनाएको छ । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d