जेष्ठ ११,२०८३ / ११ : ४६ पूर्वान्ह / 2026-05-25 11:46 am
      • param ad
      • furniture
      • veera Incorporation

      समितिको बैठकबाट गोविन्द केसी विचैमा उठे,

      - ७ वर्ष अगाडि
      भाद्र १३,२०७५

      काठमाण्डौ, प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ माथिको दफावार छलफलमा वरिष्ठ चिकित्सक गोविन्द केसी पनि सहभागी भएका छन् । 

      बुधबार समितिको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथिको दफावार छलफलमा वरिष्ठ चिकित्सक केसी पनि सहभागी भएका हुन् । तर, उनले सो विधेयकमाथिको छलफलमा भने भाग लिएनन् । विधेयकका बारेमा आफूले सरकारसँग सम्झौंता गरिसकेकाले समितिको बैठकमा छलफलमा भाग लिन नसकिने अडान लिँदै उनले बैठकमा सो सम्बन्धमा लिखित  धारणा राखेका थिए । 

      बैठकमा केसीले आफूसँग भएको सम्झौता बमोजिम संसदबाट यथाशीघ्र सो विधेयक पारित गराउन पहल गरिदिन समिति समक्ष आग्रह गरे । उनले प्रधानमन्त्री केपी ओलीले आश्वासन दिएकाले सो विधेयक आफूसँग भएको नौं बुदे सहमति अनुसार परिमार्जन गरी पारित हुने विश्वास पनि समिति समक्ष व्यक्त गरे । 

      केसीले मेडिकल शिक्षाको नियमन तथा यसबारे कानुन र नीति निर्माणको काम अन्तराष्ट्रिय मापदण्ड अनुसार गर्न पनि संघीय सरकार र सांसदहरुको गम्भिर ध्यानाकर्षण गराए । नागरिकको स्वास्थ्य सेवामा सहज पहँुँच र सबै विद्यार्थीले मेडिकल शिक्षा हासिल गर्न सकून भन्ने उद्देश्यका साथ आफूले १५ औं पटकसम्म सत्याग्रह गर्नु परेको पनि स्पष्ट पारेका थिए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d