जेष्ठ ११,२०८३ / ११ : ३७ पूर्वान्ह / 2026-05-25 11:37 am
      • param ad
      • furniture
      • veera Incorporation

      मापदण्ड विपरित संचालित सबै मेडिकल कलेज खारेज गर्नुपर्छ : योगेश भट्टराई

      - ७ वर्ष अगाडि
      भाद्र ११,२०७५

      काठमाण्डौ, सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले मापदण्ड विपरित संचालित सबै मेडिकल कलेज खारेज गर्न सरकारसँग माग गरेका छन्  । 

      नेता भट्टराईले सरकारी तथा निजी क्षेत्रमा संचालित सबै मेडिकल कलेजहरुको छानवीन गरी मापदण्ड विपरित रहेका सबै कलेज तत्काल खारेज गर्न सरकारसँग माग गरेका हुन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै उनले निजी क्षेत्रबाट संचालित शिक्षा र स्वास्थ्य संस्थाहरु बन्द गर्ने तयारीमा सरकार रहेको पनि स्पष्ट पारे । 
      नेता भट्टराईले सबै नागरिकको शिक्षा र स्वास्थ्यको दायित्व लिन सरकार प्रतिवद्ध रहेको दावी पनि गरेका छन् । वर्षौँ समानताको हकका लागि लडेको आफ्नो पार्टी नेतृत्वको सरकारले शिक्षालाई निःशुल्क र अनिवार्य बनाउनेमा शंका गर्न नहुने नेता भट्टराईको तर्क छ । 

      नेता भट्टराईले मौलिक हकको रुपमा रहेको शिक्षाको उचित व्यवस्था गर्न अब ढिलाई नहुने विश्वास पनि व्यक्त गरे ।


        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d