जेष्ठ ११,२०८३ / ११ : ३८ पूर्वान्ह / 2026-05-25 11:38 am
      • param ad
      • furniture
      • veera Incorporation

      शिक्षा क्षेत्रको विकासमा सरकार गम्भिर छ : महरा

      - ७ वर्ष अगाडि
      भाद्र १०,२०७५

      काठमाण्डौ, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले शिक्षा क्षेत्रको विकासमा सरकार गम्भिर रहेको दावी गरेका छन् । 

      सभामुख महराले सरकारले सबै नागरिकलाई सहज ढंगले शिक्षा लिने वातावरण बनाउन शिक्षा सम्बन्धि विधेयक संघीय संसदमा पेश गर्ने तयारी गरिरहेको जानकारी दिए । 

      शनिबार प्याब्सनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले शिक्षा क्षेत्रको आमूल परिवर्तनमा योगदान दिन निजी क्षेत्रका विद्यालयहरुलाई पनि आह्वान गरे । सभामुख महराले निजी क्षेत्रका विद्यालयहरुको माग सम्बोधन हुने गरी कानुन निर्माणमा आफूले सक्दो पहल गर्ने आश्वास दिएका छन् । 

      सभामुख महराले शिक्षालाई नागरिकको मौलिक हकको रुपमा परिभाषित गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए । कार्यक्रममा माध्यामिक शिक्षा परीक्षामा उत्कृष्ट भएका विद्यालयका विद्यार्थीहरुलाई सम्मान पनि गरिएको थियो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d