जेष्ठ ११,२०८३ / ११ : ३८ पूर्वान्ह / 2026-05-25 11:38 am
      • param ad
      • furniture
      • veera Incorporation

      ४५ हजार युवालाई रोजगारका लागि दक्ष बनाइने

      - ७ वर्ष अगाडि
      भाद्र ३,२०७५

      इटहरी,  वल्डवाइड टेक्निकल संस्थाले सन् २०१४ देखि २०१९ भित्रमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्रसँगको(सिटिइभिटी) सहकार्यमा नेपालभरि ४५ हजार युवालाई दक्ष सीपसहितको जनशक्ति उत्पादन गरी श्रम बजारमा आपूर्ति गर्ने लक्ष्य लिएको बताएको छ । 

      वल्डवाइडले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्र (सिटिइभिटी)को सहकार्यमा भइरहेको सीप विकास परियोजना कार्यक्रमका विषयमा शनिबार इटहरीमा सम्बन्धित सरोकार भएकासँग एकदिने अन्तक्र्रिया कार्यक्रममा सो कुराको जानकारी गराएको हो । नेपाली श्रम बजारमा रोजगारीको अवसर छ तर दक्ष जनशक्तिको आपूर्तिको अभाव छ भन्ने विषयसँग तालमेल गर्दै आपसमा रोजगार प्रवद्र्धनमा कसरी सँगसँगै मिलेर काम गर्न सकिन्छ भन्ने निक्र्योल निकाल्न उक्त अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको हो । 

      अन्तक्र्रिया कार्यक्रममा सहभागी हुनुभएका सुनसरी, मोरङ र झापा जिल्लाका सेवा प्रदायक निजी संस्थाले सीपसहितको दक्ष जनशक्ति आपूर्तिकर्ता संस्थाबीच आवश्यकताको सिद्धान्तमा आधारित रहेर सीपयुक्त दक्ष जनशक्ति उत्पादनको पाठ्यक्रम हुनुपर्नेमा जोड दिएको छ । 

      उक्त अन्तक्र्रिया कार्यक्रममा पूर्वाञ्चल प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्र इटहरीका निर्देशक शिव दाहालले बजारको आवश्यकता र श्रम बजारले चाहेका दक्ष जनशक्ति उत्पादन गर्नका लागि पछिल्लो समयमा जे–जस्ता परिवर्तनको माग आउँछन् त्यहीअनुसार पाठ्यक्रम परिमार्जन गर्न सिटिइभिटी तयार हुने विश्वास दिलाउनुभयो । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d