जेष्ठ ११,२०८३ / ११ : ४६ पूर्वान्ह / 2026-05-25 11:46 am
      • param ad
      • furniture
      • veera Incorporation

      केशर पुस्तकालय संकटमा, मर्मत गर्ने योजना नै छैन

      - ७ वर्ष अगाडि
      श्रावण २९,२०७५

      काठमाण्डौ, २०७२ बैशाखमा आएको विनाशकारी भुकम्पले केशर पुस्तकालयको भवन अहिले चिरा चिरा परेर जीर्ण बन्दै गएको छ । पुस्तकालयको भवन भग्नावशेष बन्दै जाँदा पाठकहरु निराश छन् । एक सय उन्नाइस वर्ष लामो इतिहास बोकेको केशर पुस्तकालयलाई यसरी नै वेवास्ता गरिरहने हो भने एउटा पुस्तकालय होइन, इतिहास नै मेटिने छ । भूकम्प अघि पाठकहरुले खचाखच भरिने पुस्तकालयमा अहिले फाट्टफुट्ट मात्रै पाठक देख्न पाइन्छ ।

      शताब्दियौं इतिहास बोकेको केशर पुस्तकालयको अवस्था अहिले जोखिममा परेको छ । केशर पुस्तकालयभित्र पस्ने जोे कोहीलाई पनि लाग्न सक्छ यो त मानिसबिनाको घर हो । २०७२ सालको विनाशकारी भुकम्पले पुस्तकालयको भवन चिरा चिरा बनेर जीर्ण बनेपछि संकटमा परेको हो । पुस्तकालयको भवन जिर्ण बन्दा बसेर पुस्तक पढ्ने वातावरण छैन । अर्कोतिर पुस्तकको संख्यामा पनि कमी आएको छ । 

      भुकम्पपछि भवन अस्तव्यस्त हुँदा पहिला जस्तो सेवा सुविधा छैन । भूकम्पपछि पुस्तकालय भएको भवन नै खतरापूर्ण बनेको छ । खतराालाई मध्येनजर गर्दै प्रवेश निषेध नै गरिएको भवनमा अहिले पनि पुस्तकालय संचालन गरिएको छ । भूकम्पपछि चर्किएको भवनको पुर्ननिर्माणमा सरोकारवालाले चासो नदेखाउँदा   पाठकहरुलाई आफुलाई  मनपर्ने पुस्तक हात हातमा बोकेर खाली मैदान खोज्दै  भौँतारिनु  पर्ने बाध्यता छ । 

      भुकम्पपछि पुस्तकालयको जोखिमयुक्त भवनको त्रास मात्र नभएर भवनमा  भूकम्प अघिसम्म देखिने कतिपय तस्बिर तथा पुस्तकहरु समेत भुकम्पपछि गायब भएका छन् । स्थापनाकालमा एक लाखको हाराहारीमा रहेका पुस्तकहरु अहिलेसम्म आइपुग्दा जम्मा साठी हजारमा सिमीत हुन पुगेका छन् । अवलोकनकर्ताको आकर्षणको विषय बन्ने गरेको राणाहरुले सिकार गरेको विभिन्न वन्यजन्तुका टाउकाहरु, एक हजार बर्ष पुराना हस्तलिखित ग्रन्थहरु, राणाहरुको वैभव देखाउने सयौं तस्विरहरु अहिले पुस्तकालयबाट हराएका छन् । 

      कतिपय सामानहरु अहिले बोरामा थन्काइएको अवस्थामा बोरामा राखिएको छ । भूकम्प गएको लामो समयसम्म पनि यसको पुनर्निर्माण हुन नसक्दा ऐतिहासिक पुस्तकालय नै संकटमा परेको छ । अवस्था यस्तो छ कि, पुस्तकालय पुरानै स्वरुपमा फर्किन नसक्ने पुस्तकालयको कर्मचारीहरु बताउँछन् । 

      राणाकालीन समयका तत्कालीन राणा शासक जुद्ध समशेरले आफ्नो साइला छोरा केशर समशेरको सम्झनामा यो पुस्तकालय बनाएका थिए । भूकम्पअघिसम्म दैनिकी तीन सयको हाराहारीमा पाठकहरु आउने गरेकोमा भुकम्पपश्चात क्षतिग्रस्त बनेको भवनको समयमै पुर्ननिर्माण हुन नसक्दा अहिले पुस्तकालयमा तीस चालिस जना पाठकको केन्द्र बनेको छ । पुस्तकालय मर्मत तथा पुनः निर्माणमा सरकारले चासो दिन सकेको छैन । जसका कारण पुस्तकालयको अहिलेको संरचनाले सरकारलाई गिज्याइरहेको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d