जेष्ठ ११,२०८३ / ११ : ४५ पूर्वान्ह / 2026-05-25 11:45 am
      • param ad
      • furniture
      • veera Incorporation

      पुस्तकालयमा विवाद पछि तालबन्दी

      - ७ वर्ष अगाडि
      श्रावण २७,२०७५

      काठमाण्डौ,बाँकेको कोहलपुरस्थित ज्ञानोदय पुस्तकालय दुई पक्षको असमझदारीका कारण विवादमा परेको छ । वर्तमान कार्यसमितिले आफूखुशी आजीवन सदस्यता वितरण गरेको र असमझदारीबीच साधारणसभा खोजेको भन्दै पुस्तकालयमा तालाबन्दीसमेत गरेका छन् । 

      “केही आजीवन सदस्यको विरोधका बाबजुद १७औँ साधारणसभा गर्नु, सदस्यताको टुंगो लगाउन नसक्नु र पुस्तकालय जस्तो पवित्र संस्थामा चरम राजनीतिक गुटबन्दी गर्न खोज्नु नै मुख्य विवादको कारण हो”, आजीवन सदस्य राजेन्द्र विष्टको भनाइ छ । पुस्तकालयका अध्यक्ष लिलबहादुर राना नेतृत्वको वर्तमान कार्यसमितिले साधारणसभा गरेर निर्वाचन तालिका सार्वजनिक गरेपछि असन्तुष्ट पक्षले पुस्तकालयमा तालाबन्दी गरेका हुन् । 

      यसअघि असन्तुष्ट पक्षले बाँके जिल्ला प्रशासन कार्यालयमा सदस्यतासम्बन्धी विवाद टुंगो लगाएर मात्र चुनाव हुनुपर्ने मागसहितको निवेदन दिएका थिए । तर, त्यसको टुंगो नलागेकै अवस्थामा निर्वाचनको प्रक्रिया अघि बढाइएकाले केही आजीवन सदस्यले पुस्तकालयमा तालाबन्दी गरेका हुन् । 

      यस सम्बन्धमा अध्यक्ष रानाले जिल्ला प्रशासन कार्यालयले विवाद टुंग्याइ प्रक्रिया अघि बढाउन दिएको निर्देशन बमोजिमै साधारणसभा र निर्वाचनको तालिका सार्वजनिक गरिएको बताए । पुस्तकालयमा यसखाले विवाद आउनु लज्जास्पद भएकाले यसको समाधान आपसी समझदारीबाट हुनुपर्ने अधिकांश सदस्यको माग छ । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d