जेष्ठ ११,२०८३ / ११ : ४४ पूर्वान्ह / 2026-05-25 11:44 am
      • param ad
      • furniture
      • veera Incorporation

      विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधारको माग

      - ७ वर्ष अगाडि
      श्रावण २३,२०७५

      काठमाण्ण्डौ,नेपाल विद्यार्थी सङ्घ पोखरा विश्वविद्यालय केन्द्रीय समन्वय समितिले विश्वविद्यालय तथा क्याम्पसमा पढाइको सुधार हुनुपर्ने माग गरेको छ । 

      बुधबार आयोजित पत्रकार सम्मेलनमा पोखरा विश्वविद्यालय अन्तर्गतका कूल ५९ क्याम्पसमध्ये ४० वटामा गरिएको अनुगमनमा ती क्याम्पसले सम्बन्धन लिँदा न्यूनतम मापदण्ड पनि पूरा नगरेको पाईएको छ । 

      कलेजमा २०० जनासम्म विद्यार्थी पढ्न सक्ने पुस्तकालय हुनुपर्ने उल्लेख गरिए पनि १० जना विद्यार्थी पढ्ने ठाउँ नभएको र प्रत्येक क्याम्पसको भवन १५ रोपनी जग्गामा हुनुपर्ने उल्लेख भए पनि एउटा क्याम्पस मात्र १५ रोपनी जग्गामा निर्माण भएको पाइएको विश्वविद्यालय केन्द्रीय समन्वय समितिका संयोजक नवराज त्रिपाठीले जानकारी दिए । 

      उनले पोखरा विश्वविद्यालय अन्तर्गतका क्याम्पसले विश्वविद्यालय र सम्बन्धित काउन्सिलको मापदण्ड पूरा गर्नुपर्ने एवं अनुसन्धान तथा विकास कोषको व्यवस्था हुनुपर्ने माग गरेका थिए । उनले काठमाडांै, बुटवल, चितवन तथा दाङमा विश्वविद्यालय सम्पर्क कार्यालय स्थापना गर्न समेत माग गरेका थिए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d