जेष्ठ ११,२०८३ / ११ : ४४ पूर्वान्ह / 2026-05-25 11:44 am
      • param ad
      • furniture
      • veera Incorporation

      पुस्तकालय दिवसका लागि मूल समारोह समिति गठन

      - ७ वर्ष अगाडि
      श्रावण २१,२०७५

      काठमााण्डौ,आगामी भदौ १५ गते मनाइने पुस्तकालय दिवसका लागि  ११औँ पुस्तकालय दिवस मूल समारोह समिति’ गठन गरिएको छ । 

      शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा ३७ सदस्यीय समिति गठन गरिएको उक्त मन्त्रालयका पुस्तकालय शाखाप्रमुख यादवचन्द निरौलाले बताए । 

      समितिले यस वर्षको आर्दश वाक्य ‘समृद्ध पुस्तकालय सुदृढ समाज’ चयन गरेको पनि उहाँले जानकारी दिए ।

       भदौ ८ देखि १५ गतेसम्म सप्ताहव्यापी मनाइने उक्त दिवस सफल पार्न सात उपसमितिसमेत गठन गरिएको छ । सरकारले विसं २०६५ देखि पठन संस्कृतिको विकास र पुस्तकालय प्रवद्र्धर्नका लागि हरेक वर्ष पुस्तकालय दिवस मनाउँदै आइरहेको छ । 

      तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहले विसं १९६९ भदौ १५ गते ‘चिताइ तहबिल पुस्तकालय’ स्थापना गर्नका लागि लालमोहर लगाएको सम्झनामा पुस्तकालय दिवस विसं २०६५ देखि मन्त्रालयले उक्त दिवस मनाउँदै आइरहेको हो । हाल नेपालमा एक हजारभन्दा बढी सामुदायिक तथा सार्वजनिक पुस्तकालय छन् । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d