जेष्ठ ११,२०८३ / ११ : ४४ पूर्वान्ह / 2026-05-25 11:44 am
      • param ad
      • furniture
      • veera Incorporation

      मेडिकल अध्ययनका लागि बंगलादेश जाने विद्यार्थी समस्यामा

      - ७ वर्ष अगाडि
      श्रावण २०,२०७५

      काठमान्डौ, सरकारले बंगलादेशमा मेडिकल शिक्षा अध्ययनका लागि जाने विद्यार्थीलाई सहयोग नगरेका कारण अधिकांश विद्यार्थीले दुःख पाइरहेको नेपाल मेडिकल स्टुडेन्ट एशोसियशन बंगलादेशले जनाएको छ । 

      एशोसिएशनले आज पत्रकार सम्मेलन आयोजना गरी बंगलादेशमा पढ्नका लागि जाने विद्यार्थी सँग कन्सल्ट्यान्सीवापत पाँचदेखि सात लाख रुपैयाँसम्म कमिसन लिने गरेको तथा कमिसन बुझाउन नसक्ने विद्यार्थी कालोसूचीमा रहेका कलेजमा पढ्न पठाइने गरेको जनाएको छ । 

      एशोसिएशनका अध्यक्ष नवीन यादवले बंगलादेशमा रहेका कूल १०० वटा मेडिकल कलेजमध्ये सरकारबाट सञ्चालित २५ वटा कलेज राम्रो रहेपनि निजी क्षेत्रबाट सञ्चालित अधिकांश कलेज गुणस्तरहीन रहेको तथा ३६ वटा कलेज कालोसूचीमा रहेको बताउनुभयो । उहाँका अनुसार कालोसूचीमा रहेका कलेजमा पढ्ने कतिपय विद्यार्थीले आत्महत्या गर्ने गरेका छन् । 

      कन्सल्ट्यान्सीले मोटो रकम कमिसन लिएर कालोसूचीमा रहेको कलेजमा पठाउने गरेकाले त्यहाँ अध्ययनरत आठ हजार विद्यार्थीले पीडा भोग्नुपरेको उहाँको भनाइ छ । अध्यक्ष नविनले ७० प्रतिशत कन्सल्ट्यान्सीले विद्यार्थीलाई ठग्ने गरेको बताउनुभयो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d