जेष्ठ ११,२०८३ / ११ : ४४ पूर्वान्ह / 2026-05-25 11:44 am
      • param ad
      • furniture
      • veera Incorporation

      कक्षा १२ को नतिजा ग्रेडिङ्मा सार्वजनिक, यस्तो छ नतिजा

      - ७ वर्ष अगाडि
      श्रावण १७,२०७५

      काठमाण्डौ, बैशाखमा सम्पन्न भएको कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । 

      राष्ट्रिय परीक्षा बोर्डले पहिलो पटक कक्षा १२ को नतिजा ग्रेडिङ्मा सार्वजनिक गरेको हो । नियमित तर्फ परीक्षामा २ लाख ९९ हजार ६ सय ७५ जना विद्यार्थी सम्मिलित भएको बोर्डले जनाएको छ । नजिता अनुसार जीपीए ३ दशमलब ६१ देखि ४ सम्म ल्याउने विद्यार्थीको संख्या १ हजार १ सय ६९ छ भने ३ दशमलब २१ देखि ३ दशमलब  ६ शून्य सम्म जिजीए ल्याउने विद्यार्थीको संख्या ११ हजार २ सय २१ छ । यस्तै २ दशमलब  ८१ देखि ३ दशमलब २ शुन्य  ल्याउने २७ हजार ६ सय ४३ छ । 

      ५८ हजार ३ सय ४५ ले २ दशमलब  ४१ देखि २ दशमलब ८ शुन्य, ९० हजार २ सय ९९ सय ले २ दशमलब शुन्य १ देखि २ दशमलब ४ शुन्य, ६६ हजार ४ सय ३८ ले १ दशमलब ६१ देखि २ सम्म २२ हजार ७ सय ३४ ले १ दशमलब २१ देखि १ दशमलब ६ शुन्य, ४ हजार ४ सय ८७ ले शुन्य दशमलब ८१ देखि १ दशमलब २ शुन्य र शुन्य दशमलब ८ शुन्य जीपीए ल्याउने विद्यार्थी १ सय ९९ जना रहेको बोर्डले जनाएको छ । नतिजा अनुसार ९७ जनाको रद्ध र २ जनाको स्थगित भएको छ ।  

      कक्षा ११ र १२ को नतिाजा मिलाए पछि मात्रै विद्यार्थीको समग्र ग्रेड तय हुने बोर्डका उपाध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिनुभयो । यसैगरी आँशिक तर्फ परीक्षामा सम्मिलित १ लाख १७ हजार ४ सय १४ मध्ये ४१ हजार ३ सय २५ जना उत्र्तीर्ण भएका छन् । उनीहरुको नतिजा भने अँककै आधारमा सार्वजनिक गरिएको हो । यस अघि पहिलो चरणमा बिज्ञानको मात्रै नतिजा सार्वजनिक हुनेमा यसपटक सबै विषयको नतिजा एकैपटक सार्वजनिक गरिएको हो । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d