जेष्ठ ११,२०८३ / १२ : २६ अपरान्ह / 2026-05-25 12:26 pm
      • param ad
      • furniture
      • veera Incorporation

      कक्षा १२ को नतिजा प्रकाशित

      - ७ वर्ष अगाडि
      श्रावण १७,२०७५

      काठमाडौं, कक्षा १२ को नतिजा प्रकाशित भएको छ। नतिजा प्रकाशनका लागि बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठक भर्खरै सकिएको छ। 

      राष्ट्रिय परीक्षा बोर्डका नियन्त्रक कृष्ण शर्माले नतिजा प्रकाशित भएको र सर्भरमा अपलोड भइरहेको जानकारी दिए। ‘बैठक सकियो। नतिजा प्रकाशनको निर्णय भयो। सर्भरमा अपलोड भइरहेको छ। केहीबेरमा सबैले नतिजा हेर्न सक्नुहुन्छ।' बोर्डले विगतमा विज्ञान संकायको नतिजा अन्य संकायको भन्दा पहिला नै प्रकाशित गर्ने गरेपनि यस वर्ष सबै संकायको नतिजा एकैपटक प्रकाशन भएको हो। नतिजा राष्ट्रिय परीक्षा बोर्ड को वेबसाइट, नेपाल टेलिकमको वेबसाइट लगयतका वेबसाइटमा हेर्न सकिन्छ।

      १६०० मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिन्छ। सबै संकायमा गरेर १२ को नियमित परीक्षामा दुई लाख ९९ हजार ६७५ जना उत्तीर्ण भएका छन्। आंशिक परीक्षातर्फ एक लाख १७ हजार ४१४ जना उत्तीर्ण भएका छन्।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d