जेष्ठ ११,२०८३ / १२ : २६ अपरान्ह / 2026-05-25 12:26 pm
      • param ad
      • furniture
      • veera Incorporation

      शैक्षिक परामर्श सञ्चालन नगर्न निर्देशन

      - ७ वर्ष अगाडि
      श्रावण १५,२०७५

      काठमाण्डौ,शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘आइडिपी एजुकेशन स्टुडेन्ट सर्भिस’लाई शैक्षिक परामर्श सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । 

      मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले परामर्श सेवा सञ्चालनका लागि उक्त संस्थाले अनुमति नलिएकाले काम रोक्न निर्देशन दिइएको जानकारी दिए । संस्थाले केही दिनअघि पत्रकार सम्मेलन गरी शुक्रबारदेखि परामर्श सेवा सञ्चालन गर्ने जानकारी दिएको थियो । 

      उनले परामर्श सेवा सञ्चालन अनुमतिविना नै सेवा सञ्चालन गर्न खोजेको उक्त संस्थाबाट सेवा नलिन सम्पूर्ण अभिभावक तथा विद्यार्थीलाई अनुरोध गरेका छन् । उनले बिनाअनुमति शैक्षिक परामर्श सेवा सञ्चालन गरेमा कानूनबमोजिम कारबाहीसमेत हुने बताए । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d