काठमाडौं, विना अनुमति शैक्षिक परामर्स सेवा सञ्चलन गरेको भन्दै मन्त्रालयले आईडिपी एजुकेशन स्टुडेण्ड सर्भिस प्रालिलाई कारवाही गर्ने चेतावनी दिएको छ ।
शिक्षा ऐन र शैक्षिक परामर्श सेवा तथा भाष शिक्षण सम्बन्धि निर्देशिका विपरित सो संस्थाले प्रचार प्रसार सहित सेवा सञ्चालन गर्न खोजेको भन्दै मन्त्रालयले कारवाही गर्ने चेतावनी दिएको हो । विना अनुमति नै सेवा सञ्चालन गर्न खोजेको भन्दै उक्त संस्थाबाट सेवा नलिन मन्त्रालयले सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरुलाई सचेत गराएका छन् । विदेशी लगानीमा साना उद्योगको रुपमा शैक्षिक परामर्श सेवा सञ्चालन गर्न भन्दै उक्त संस्था कम्पनि रजिस्टार कार्यालयमा दर्ता भएको देखीएको छ ।
मन्त्रालयले जारी गरेको सुचनाका अनुसार उल्लेखित व्यवस्था र कानुनी प्रावधान अनुसार उक्त संस्थाले मन्त्रालयबाट शैक्षिक परामर्श सेवा सञ्चालन गर्ने अनुमति नलिएको देखीएको छ । उक्त संस्थाले नेपालमा सेवा शुरु गर्ने तयारी गरेपछि परामर्श दातृ कम्पनीहरु आवद्ध विभिन्न संस्थाले उक्त कार्यको विरोध गर्दै आएका छन् ।
अंग्रेजी भाषा परिक्षण प्रणालीको साझेदार समेत रहेको उक्त अष्ट्रेलियाली परामर्श संस्था नेपाल भित्रिएमा अरु विदेशी कम्पनीहरु पनि नेपालमा आउने र आत्म निर्भर हुँदै गरेको शैक्षिक परामर्श ब्यवसायमा समस्या आउने भन्दै उनीहरुले विरोध गरेका हुन् । परामर्शमा विदेशी लगानी आउँदा अत्यन्त कम लगानी हुने तर, नेपालबाट बाहिरिने रकम अत्यन्त धेरै हुने उनीहरुको तर्क छ ।
अब विदेशी लगानीका कम्पनी नेपाल भित्रिदाँ यो संख्या बढ्ने निश्चित छ । किनकि यो क्षेत्रका विज्ञापन थप लुक्रेटिभ हुँदै जानेछन् । यस्तो हुँदा वर्षेनी अरबौं रकम नेपालबाट बाहिरिन्छ’ उनीहरुको तर्क छ, ’कतिसम्म भने अहिले विदेशी विश्वविद्यालयले दिने कमिसन बैकिङ प्रक्रियाबाट आउँछ र हामीले राजश्व तिर्दै आएका छौँ । तर, विदेशी विश्वविद्यालयले विदेशी कम्पनीलाई उनीहरुकै देशमा त्यो कमिसन पठाउँछन् ।
यसले नेपालले यो क्षेत्रबाट पाउँदै आएको राजश्व पनि उतै रोकिने निश्चित छ ।








