काठमाडौं, प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले सामुदायिक विद्यालयको स्तरोन्नति सुधार गर्न ठूलो चुनौती रहेको बताए ।
पूर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देनालय धनकुटाद्वारा यहाँ आज आयोजित आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रगति समीक्षा तथा शिक्षक दरबन्दी मिलान कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले बताए । मन्त्री घिमिरेले राजनीतिक संक्रमणको सबैभन्दा बढी सिकार सामुदायिक विद्यालय भएकाले यसलाई पुनःजीवन दिनुपर्ने भन्दै सामुदायिक विद्यालय फरक वर्गका मानिसका लागि मात्र हो भन्ने मानसिकता हटाउनु पर्ने बताए ।
उनले विद्यार्थी तथा अभिभावकको पहिलो रोजाइ सामुदायिक विद्यालय बनाउन शिक्षक सरुवा, बढुवा तथा दरबन्दी मिलानमा राजनीतिक हस्तक्षेप हट्नुपर्ने बताए । सुनौलो बिहानी इन्टरनेशनल नेपालले बाढी र डुबानका बेला उद्धार कार्यमा प्रयोग हुने सामग्री जिल्ला दैविक प्रकोप उद्धार समिति मोरङलाई बुधबार हस्तान्तरण गरेको छ ।
एडिएच जर्मनसँगको सहकार्यमा करीब रु छ लाख मूल्य पर्ने बोट र त्यससँग सम्बन्धित उद्धार सामग्री जिल्ला दैवी प्रकोप उद्धार समितिलाई हस्तान्तरण गरेको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई सुनौलो बिहानी बाह्य सम्पर्क विशेषज्ञ ममिन घलेले एउटा रबर बोट, लाइफ ज्याकेट, उद्धार कार्यमा प्रयोग गरिने डोरी, थ्रो ब्याग, हाते माइकलगायतका सामग्री उपलब्ध गराएको हो ।








