असोज १,२०८२ / ०८ : २६ पूर्वान्ह / 2025-09-17 08:26 am
      • param ad
      • furniture
      • veera Incorporation

      (इक्यान) १२औँ शैक्षिक मेला विहिबारदेखि भृकुटीमण्डपमा शुरु

      - ७ वर्ष अगाडि
      श्रावण ३,२०७५

      काठमाडौं, नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को १२औँ शैक्षिक मेला विहिबारदेखि भृकुटीमण्डपमा शुरु भएको छ ।

      सो मेलाको विहिबार परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले उद्घाटन गरे । परराष्ट्र मन्त्रीले विदेशमा नेपाली विद्यार्थीलाई पढाउन पठाए जस्तै नेपाललाई पनि विदेशी विद्यार्थीका लागि समेत शैक्षिक गन्तव्य बनाउन सकिने बताए । नन्त्रिले नेपालमा बौद्ध शिक्षा, हिमाल आरोहण शिक्षा, संस्कृतिलगायतका विषयमा अन्य देशका विद्यार्थी भित्र्याउन इक्यानले भूमिका खेल्नुपर्ने बताए । 

      इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले ‘शिक्षा आर्जन गर्न विदेश जाँदा विद्यार्थी नठगिउन र सही परामर्श पाउन’ भन्ने उद्देश्यले मेलाको आयोजना गरिएको बताए । इक्यानको शैक्षिक मेला पहिलोपटक सन् २००८ मा वीरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना गरिएको थियो । 

      मेलामा ३८८ वटा कक्ष राखिएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d