जेष्ठ ११,२०८३ / १२ : २९ अपरान्ह / 2026-05-25 12:29 pm
      • param ad
      • furniture
      • veera Incorporation

      अस्थायी शिक्षकको परिक्षा बहिष्कार गर्ने घोषणा

      - ७ वर्ष अगाडि
      असार २८,२०७५

      काठमाण्डौ । अस्थायी शिक्षक संघर्ष समितिले भोलीबाट सुरु हुने अस्थायी शिक्षकको परिक्षा बहिष्कार गर्ने घोषणा गरेको छ । 

      बिहीबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरेर समितिले आफुहरुको माग पुरा नभएको भन्दै  परिक्षामा सहभागी नहुने जानकारी दिएको हो ।

       पत्रकार सम्मेलनमा समितिका महासचिव कुमोद कुमार कर्णले सम्पूर्ण अस्थायी शिक्षकलाई प्रक्रिया पुर्याई स्थायी गरिनुपर्ने, शतप्रतिशत अस्थायी सेवा अवधिमा गणना गरिनुपर्ने लगाएतका माग रहेको बताए । 

      स्वेच्छिक अवकाश लिन चाहने अस्थायी शिक्षकलाई स्थायी शिक्षकसरह सेवा सुविधा प्रदान गरिनुपर्ने माग रहेको उनको भनाई थियो । कर्णले अस्थायी शिक्षक अहिलको अबस्थामा परिक्षामा सहभागी हुन नसक्ने भन्दै परिक्षा बहिष्कार गरेर आन्दोलन जारी राख्ने बताए । 

      चार पटक स्थगित भएको अस्थायी शिक्षकको परिक्षा आगामी असार २९ र ३० गते हुन लागेको हो ।

      कार्यतालिका अनुसार माध्यमिक र निम्न माध्यमिकको परिक्षा भोली असार २९ गते र प्राथमिक तहको परीक्षा असार ३० गते हुने भएको हो । यसअघि गत चैत १३ गते उक्त परिक्षा स्थगित भएको थियो । परिक्षामासबै तह गरि २३ हजार २ सय ८६ अस्थायी शिक्षकले आवेदन पेश गरेका थिए ।


        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d