काठमाडौं, प्राविधिक शिक्षाप्रति विद्यार्थीलाई प्रेरित गर्न सरकारले आईतबारदेखी देशव्यापी रुपमा प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान सुरु भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सुरु गरेको अभियान अन्तर्गत आईतबार देशभर विधिन्न जागरण अभियान कार्यक्रम सञ्चालन गरीएको छ । यसै सन्दर्भमा काठमाडौमा प्रभातफेरी समेत आयोजना गरीएको छ ।
“प्राविधिक शिक्षा, वर्तमानको आवश्यकता” भन्ने नाराकासाथ प्रभातफेरी निकालीएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सिटिईभीटीले संयुक्त रुपमा वीर अस्पताल अगाडिबाट निकालेको प्रभात फेरी जमलमा पुगेर सभामा परिणत भएको थियो ।
प्रभातफेरीमा प्राविधिक शिक्षक,विद्यार्थी र विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा सहभागी भएकाहरुले देशको मुख्य विकासको आधार प्राविधिक शिक्षा नै भएकाले विकास र समृद्धिको लक्ष्यलाई पुरा गर्न प्राविधिक शिक्षालाई नै जोड दिनुपर्ने बताए ।








