जेष्ठ ११,२०८३ / १२ : २९ अपरान्ह / 2026-05-25 12:29 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सार्वजनिक नीति विषयमा विश्वविद्यालय तहमा पढाइ हुने

      - ७ वर्ष अगाडि
      असार १९,२०७५

      काठमाण्डौ , नेपालमा पनि सार्वजनिक नीति विषयमा विश्वविद्यालय तहमा पढाइ हुने भएको छ । 

      काठमाडौँ विश्वविद्यालयले इन्स्टिच्युट फर इन्टरग्रेट डिभलपमेन्ट स्टडिज आइआइडिएसको सहकार्यमा सन् २०१९ को पहिलो महिनादेखि स्नाकोत्तर तहमा सो विषयमा पढाइ शुरु गर्न लागेको हो । 
      मानविकी, व्यवस्थापन, कानूनलगायत विषय पनि सो विषयमा समावेश हुने बिश्वबिद्यालयले जनाएको छ  । बिश्वबिद्यालयले मंगलबार काठमाडौमा एक कार्यक्रमको आयोजना गर्दे  सार्वजनिक नीति विषयमा सरकारका विषयगत मन्त्रालयलाई आवश्यक पर्ने नीति र नीतिलाई कार्यान्वयनमा ल्याउने विधि पनि समावेश गराईने जानकारी गराएको छ । 

      कार्यक्रममा सांसद गगन थापाले नीति निर्माण तहमा सार्वजनिक नीतिको महत्वबारे जानकारी कम हुँदा यसको असर सुशासन र विकासमा परेको चर्चा गर्दै लोकतन्त्रलाई सुदृढ बनाउन सार्वजनिक नीतिलाई बलियो बनाउनुपर्ने धारणा राखे । 
      त्यस्तै नेपालका लागि अमेरिकी राजदूत अलाइन वि टेप्लिजले नेपालले संघीयता कार्यान्वयनमा ल्याइरहेको अवस्थामा सार्वजनिक नीतिलाई स्थानीय तहसम्म बलियो बनाउन सुझाव दिए । काठमाडौँ विश्वविद्यालयका उपकुलपति डाक्टर रामकण्ठ कमाजु श्रेष्ठले सार्वजनिक नीतिको अध्ययनले दिगो विकासमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।


        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d