जेष्ठ ११,२०८३ / १२ : ३० अपरान्ह / 2026-05-25 12:30 pm
      • param ad
      • furniture
      • veera Incorporation

      स्थगित त्रिवि सिनेट बैठक आगामी साउन ५ गते बस्ने

      - ७ वर्ष अगाडि
      असार १९,२०७५

      काठमाडौं, त्रिभुवन विश्वविद्यालयको स्थगित सिनेट बैठक आगामी साउन ५ गते बस्ने भएको छ । 

      गत वैशाख २३ गते तोकिएको सिनेटको कार्यसूचीमा चित्त नबुझेपछि प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको निर्देशनमा बैठक स्थगित भएको थियो । सिनेट नबस्दा आंशिक प्राध्यापकको स्थायी प्रक्रिया, दरबन्दी मिलान, वार्षिक कार्यक्रम, सार्वजनिक खरिद ऐन अनुकूल त्रिविको नियमावली संशोधनलगायतका विषय टुंगो लाग्न सकेको छैन । 

      त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले त्रिवि दिवसको सन्दर्भमा झण्डोत्तोलनसहित वार्षिक ग्रेसलिष्ट स्वीकृतिका लागि सिनेट बस्न लागेको जानकारी दिए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d