भाद्र १,२०७९ / ०४ : ०० पूर्वान्ह / 2022-08-17 04:00 am

        पुरानै चिकित्सा शिक्षा विधेयक सदनमा प्रस्तुत गर्न कांग्रेसको माग

        - ४ वर्ष अगाडि
        असार १८,२०७५

        काठमाण्डौ , प्रमुख प्रतिपक्षी नेपाली काग्रेसले यसअघिको सरकारले तयार गरेको चिकित्सा शिक्षासम्बन्धी विधेयक नै सदनमा प्रस्तुत गर्न माग गरेको छ । 

        प्रतिनिधीसभाको सोमबारको बैठकको शुन्य समयमा सांसद दिलेन्द्रप्रसाद बडुले यसअघिको सरकारले अघि बढाएको चिकित्सा शिक्षासम्बन्धी विधेयक नै सदनमा पेश गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन सरकारको असहमति हुनको कारण पनि बडुले मागेका छन् । 

        उनले डा गोविन्द केसीको अनशन तत्काल अन्त्य गर्ने वातावरण बनाउन पनि ध्यानाकर्षण गराए । त्यस्तै बैठकको बिशेष समयमा सांसद भरतकुमार शाहले जुम्लामा अनसन बसेका डा. गोविन्द केसीलाई धरपकड गरेको घटनाप्रति आपत्ती जनाएका थिए ।।१० से 


          सम्बन्धित समाचारहरु