चैत ३,२०८२ / ०४ : २८ अपरान्ह / 2026-03-17 04:28 pm
      • param ad
      • furniture
      • veera Incorporation

      एसइईमा जिपिए ४ ल्याउनेलाई रु एक लाख

      - ७ वर्ष अगाडि
      असार १६,२०७५

      मोरङ , पथरीशनिश्चरे–१ स्थित एभरेष्ट बोर्डिङ स्कूलले २०७४ सालको एसइई परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने दुई विद्यार्थीलाई जनही रु एक एक लाख पुरस्कार प्रदान गरेको छ । 

      अन्य विद्यार्थीलाई पनि नगद पुरस्कार प्रदान गरिएको छ । विद्यालयले शुक्रबार आयोजना गरेको कार्यक्रममा जिपिए ४ प्राप्त गर्ने समिता रिजाल र आदर्श न्यौपानेलाई सो पुरस्कार दिइएको विद्यालयका निर्देशक रवीन कन्दङ्वाले जानकारी दिनुभयो ।

       यस्तै जिपिए ३.९५ प्राप्त गर्ने स्वस्तिका तिम्सिनालाई रु ६० हजार, जिपिए ३.९ प्राप्त गर्ने कुसुम लिम्बूलाई रु ५० हजार, जिपिए ३.८५ ल्याउने विवेक दुलाललाई रु २५ हजार र जिपिए ३.७५ प्राप्त गर्ने समीक्षा श्रेष्ठलाई रु १५ हजार प्रदान गरिएको थियो । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d