चैत ३,२०८२ / ०४ : २८ अपरान्ह / 2026-03-17 04:28 pm
      • param ad
      • furniture
      • veera Incorporation

      एसईई परीक्षाको नतिजा यो वर्ष ढिलो प्रकाशित हुने

      - ७ वर्ष अगाडि
      जेष्ठ १७,२०७५

      काठमाडौं, कक्षा १० को अन्तिम परीक्षाको रुपमा रहेको एसईई परीक्षाको नतिजा प्रकाशनमा यस वर्ष ढिलो हुने देखीएको छ ।

      परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले गएको वर्षभन्दा यसवर्ष नतिजा केही दिन ढिला हुने बताएका हुन् । गएको वर्ष असार २ गते नतिजा प्रकाशित गरेको थियो यस वर्ष भने असारको दोश्रो सातामा मात्रै नतिजा प्रकाशित गर्ने तयारी रहेको छ । 

      परीक्षा नियन्त्रक रेग्मीले यसवर्ष जिल्ला शिक्षा कार्यालयहरुमा कर्मचारीको अभाव भएको र समय मै जिल्लाहरुबाट परीक्षण सकिएको उत्तर पुस्तिकाहरु पनि नआएको, केही उत्तर पुस्तिका अझै आउने क्रममा रहेको, परीक्षा नियन्त्रण कार्यालयमा समेत यस वर्ष नयाँ कर्मचारीहरु भएकाले नतिजा प्रकाशनमा केही ढिला हुने जानकारी दिए । 

      एसईई गएको चैत ८ गतेबाट सुरु भई १७ गते परीक्षा सम्पन्न भएको थियो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d