मंसिर २६,२०८१ / ०८ : २३ अपरान्ह / 2024-12-11 08:23 pm
      • param ad
      • furniture
      • veera Incorporation

      २५ वर्षअघि कक्षा ११ र १२ मा फेल भएका बिद्यार्थीहरुले मौका परीक्षा दिन पाउने (सूचनासहित)

      - १ महिना अगाडि
      कार्तिक २५,२०८१

      काठमाडौं, २०५६ सालदेखि फेल भएका कक्षा ११ र १२ का परीक्षार्थीले मौका परीक्षा दिन पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डको सुचनामा उल्लेख भए अनुसार ५६ सालदेखि २०७७ सालसम्म कक्षा ११ र १२ का विभिन्न विषयमा अनुत्तिर्ण भएका विद्यार्थीहरुले मौका परीक्षा दिन पाउने भएका हुन् ।

       यस पटक भने अन्तिम एक पटकका लागि मौका परीक्षाको व्यवस्था गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यो सँगै २५ वर्ष अगाडी फेल भएका विद्यार्थीले पनि मौका परीक्षाको अवसर पाउने भएका छन् । बोर्डका अनुसार रजिस्ट्रेसन नम्बरको सुरुको अङ्क ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम भएका परीक्षार्थीहरू सहभागी हुन पाउनेछन् ।

       २०५६ सालदेखि २०७६ सालभित्र भर्ना भई फेल भएका परीक्षार्थीहरू मौका परीक्षामा सहभागी हुन पाउनेछन् । बोर्डले प्रयोगात्मकतर्फ फेल भएका विद्यार्थीहरू पनि सहभागी हुन पाउने जनाएको छ । मौका परीक्षामा सामेल हुन चाहने विद्यार्थीले सम्बन्धित विद्यालयबाट आगामी मंसिर २७ गतेभित्र आवेदन फाराम भरिसक्नुपर्ने छ । 

      यस्तै, विद्यार्थीले अध्ययन गर्दा सञ्चालनमा रहेको तर हाल खारेज भइसकेका वा सञ्चालनमा नरहेका विद्यालयका विद्यार्थीले सोझै बोर्डमा आवेदन दिन सक्नेछन् । कक्षा ११ र १२ मा फेल भएर पढाइ छाडेका विद्यार्थीको सङ्ख्या १४ लाख बढी रहेको बोर्डले जनाएको छ । यसअघि त्रिभुवन विश्वविद्यालयले पनि २०५८ सालदेखि र सेमेस्टरतर्फ २०६९ साल देखिको समयसीमा कटेका विद्यार्थीलाई एकपटक मौका परीक्षाको अवसर दिने निर्णय गरेको थियो ।

        सम्बन्धित समाचारहरु