भाद्र २३,२०८१ / ०९ : १० पूर्वान्ह / 2024-09-08 09:10 am
      • param ad
      • furniture
      • veera Incorporation

      कक्षा १२ को परीक्षाफल आज सार्वजनिक हुदै : यस्तो छ हेर्ने तरीका

      - १ महिना अगाडि
      श्रावण १८,२०८१

      काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज सार्वजनिक गर्न तयारी गरिरहेको छ । बोर्डको बैठक हाल जारी छ, र कुनै प्राविधिक समस्या नआएमा आजै नतिजा प्रकाशित हुने बोर्डले जनाएको छ ।

      तर, यदि प्राविधिक समस्या आयो भने नतिजा आइतबार भित्र सार्वजनिक हुने बुझिएको छ ।

      वैशाख १४ गतेदेखि सुरु भएको कक्षा १२ को परीक्षामा नियमिततर्फ १,९६,९१४ छात्रा र १,९३,९३३ जना छात्र सहभागी भएका थिए, जसको कुल संख्या ३,९०,८४७ परीक्षार्थी हुन्छ ।

      त्यसैगरी, ग्रेड वृद्धिमा पनि १,६५० विद्यार्थीले परीक्षा दिएका छन् । यो परीक्षा देशभर ७७ जिल्लासहित जापानको एक केन्द्रमा समेत १,५२६ परीक्षा केन्द्रमा सञ्चालन गरिएको थियो ।

      कुल ५,५४२ विद्यालयका विद्यार्थीले कक्षा १२ को परीक्षामा सहभागिता जनाएका छन्, र परिणामले २०७८ को लेटर ग्रेडिङ निर्देशिका अनुसार प्रकाशन हुनेछ ।

      यस्तो छ हेर्ने तरीका

      कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइट र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ । बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np  र नेपाल टेलिकमको वेबसाइट  www.neb.ntc.net.np  मा गएर पनि हेर्न सकिन्छ । त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि neb लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d