कार्तिक २९,२०८१ / ०६ : ३४ पूर्वान्ह / 2024-11-14 06:34 am
      • param ad
      • furniture
      • veera Incorporation

      सुमना श्रेष्ठको आक्रोश : ओलीको त्रिवि नीति रोक्ने निर्णयको आलोचना

      - एक हप्ता अगाडि
      श्रावण १७,२०८१

      काठमान्डौं । पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रम रोक्ने निर्णय प्रति आक्रोश व्यक्त गरेकी छन् । बिहीबार उनले सामाजिक सञ्जालमा यस निर्णयको चर्को आलोचना गर्दै विश्वविद्यालयका कार्यकर्ता, विद्यार्थी र असल प्राध्यापकहरूको हितमा के गर्ने हो भनेर प्रश्न उठाइन् ।

      श्रेष्ठले पदेन कुलपति रहनुभएको प्रधानमन्त्रीले २०८१ साल श्रावन १५ गते मंगलबार त्रिविको नीति तथा कार्यक्रम रोक्नु भएको र यो कार्यक्रम विभिन्न तहको समीक्षा पार गरेर, त्रिविका प्राज्ञ टोलीले मिहिनेत गरेर तयार पारेको टिपणाी गरेकी छन् । यसलाई अपनत्व समेत दिइएको तर, रोकिएको कार्यक्रम पत्रपत्रिकामा सार्वजनिक भैसकेको उनले बताइन् । सो कुरा चित्त नबुझेको भनेर उनले प्रधानमन्त्रीलाई प्रश्न गरेकी छन् ।

      उनले यस निर्णयको सन्दर्भमा गम्भीर चिन्ता व्यक्त गर्दै यसप्रकारको हस्तक्षेपले त्रिभुवन विश्वविद्यालयको शैक्षिक गतिविधिमा नकारात्मक असर पार्ने साथै विद्यार्थी र प्राध्यापकहरूको भविष्यलाई यसले प्रभावित पार्न सक्ने बताएकी छन् । सुमना श्रेष्ठले यो निर्णयले शैक्षिक वातावरणमा स्थायीत्व र विश्वासको कमी ल्याउने आशंका व्यक्त गरेकी छन् ।

      उनले प्रधानमन्त्रीको बोली र व्यवहारमा देखिएको भिन्नता प्रति पनि असन्तुष्टि जनाउँदै एक व्यक्तिले शैक्षिक संस्थामा स्पष्ट रूपमा राजनीतिक स्वार्थकालागि निर्णय लिन्छ भन्दै प्रश्न गरिन् ।

      उनले विश्वविद्यालयको शैक्षिक र प्रशासनिक गतिविधिहरूमा राजनीतिक हस्तक्षेपले त्रिभुवन विश्वविद्यालयको प्रतिष्ठामा दुष्प्रभाव पार्न सक्ने चेतावनी दिइन् । यस क्रममा उनले शैक्षिक र अनुसन्धानको गुणस्तरमा ध्यान दिनुपर्ने आवश्यकता रहेकोमा जोड दिइन् । उनले यो निर्णयले त्रिभुवन विश्वविद्यालयको शैक्षिक गतिविधिमा नकारात्मक असर पर्ने कुरामा चिन्ता व्यक्त गरेकी छन् ।

      सुमना श्रेष्ठको यस आक्रोशपूर्ण प्रतिक्रियाले शिक्षा र राजनीतिक क्षेत्रको चासो र बहसलाई थप तातो बनाएको छ । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d