जेष्ठ १२,२०८२ / १२ : ४२ पूर्वान्ह / 2025-05-25 12:42 am
      • param ad
      • furniture
      • veera Incorporation

      कक्षा १२ को ग्रेडवृद्धिको परीक्षाफल सार्वजनिक

      - १ वर्ष अगाडि
      कार्तिक २३,२०८०

      काठमाण्डाै, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

      राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरद्वारा गएकाे असोज ९ र १० गते सञ्चालन भएको कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा प्रकाशित गरिएको  बोर्डले आज एक विज्ञप्ति प्रकाशित गरी जनाएको छ ।

      कुल एक लाख १७ हजार आठ सय ८२ विद्यार्थीले परीक्षा दिएकोमा ८८ हजार नौ सय ४७ अर्थात् ७५ दशमलव ४५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । १५ जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएकाे छ । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d