जेष्ठ ३१,२०८१ / ०५ : ४९ पूर्वान्ह / 2024-06-13 05:49 am
      • param ad
      • furniture
      • veera Incorporation

      एसईई परीक्षामा २२,४७५ विद्यार्थीले ल्याए उत्कृष्ट जीपीए

      - ११ महिना अगाडि
      असार २१,२०८०

      काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले  बिहीबार २०७९ सालमा लिइएको एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा २२ हजार ४७५ जना विद्यार्थीले ३.६० देखि ४.० जीपीए ल्याएको  बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिएका छन् ।

      २ हजार दुई सय विद्यार्थीले ०.८ देखि १.२ सम्म जीपीए ल्याएका छन् । यस्तै, ३८ हजार ७७० विद्यार्थीले १.२ देखि १.६ सम्म जीपीए ल्याएका छन् । १.६ देखि २ सम्म जीपीए ल्याउने ८८ हजार ४,४७, २ देखि २.४ सम्म जीपीए ल्याउने विद्यार्थी संख्या १ लाख दुई हजार २९३ जना रहेका छन् । 

      यसैगरी ८९ हजार तीन सय ३१ विद्यार्थीले २.४ देखि २.८ सम्म जीपीए ल्याएका छन् ।  ७२ हजार तीन सय ६२ जनाले २.८ देखि ३.२ सम्म जीपीए ल्याए ।  ५५ हजार ६९ जनाले  ३.२ देखि ३.६ सम्म जीपीए प्राप्त गरेको परीक्षा बोर्डले जनाएको छ।

      २०७९ चैत १७ गतेदेखि सञ्चालन भएको परीक्षामा ४ लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए।

        सम्बन्धित समाचारहरु