भाद्र २३,२०८१ / ०८ : ०० पूर्वान्ह / 2024-09-08 08:00 am
      • param ad
      • furniture
      • veera Incorporation

      हिसान शैक्षिक मेला नरोक्न उच्च अदालतले दियो आदेश

      - १ वर्ष अगाडि
      असार ६,२०८०

      काठमाडौं, उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकालाई हिसान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको छ ।

      काठमाडौं महानगरपालिकाले रोक लगाएको उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसानलाई शैक्षिक मेला गर्न बाटो खुला भएको हो ।

      बुधबार उच्च अदालत पाटनका न्यायाधीश टेकप्रसाद ढुंगाना र रमेश ढकालको इजलासले अन्तरिम आदेश जारी गर्दै महानगरलाई उक्त मेला नरोक्न आदेश दिएको उच्च अदालतकी प्रवक्ता मन्दिरा शाहीले जानकारी दिइन‍्।

      जेठ ३२ गतेदेखि भृकुटीमण्डपमा सुरु भएको शैक्षिक मेला काठमाडौँ महानगरपालिकाले बन्द गरेको थियो । त्यसको विरुद्धमा उच्च माध्यमिक विद्यालय एशोसिएसन हिसान ले अदालतमा रिट दायर गरेको थियो ।   

      सोमबार महानगरले शिक्षा मेलामा रोक लगाएकोविरूद्ध हिसानको तर्फबाट उच्च अदालत पाटनमा निषेधाज्ञाको रिट दर्ता गरिएको थियो।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d