भाद्र २३,२०८१ / ०८ : १० पूर्वान्ह / 2024-09-08 08:10 am
      • param ad
      • furniture
      • veera Incorporation

      परिषद्ले लियो विद्यालय बन्दको कार्यक्रम फिर्ता

      - १ वर्ष अगाडि
      असार ३,२०८०

      काठमाडौँ । आन्दोलनरत विद्यालय कर्मचारीहरूले सामुदायिक विद्यालय बन्दका कार्यक्रम फिर्ता लिएका छन् । सरकारले वार्ताका लागि समिति गठन गरेको र आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन आह्वान गरेको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएको हो ।
      परिषद्ले आज (असार ३ गते)देखि विद्यालय अनिश्चितकालका लागि बन्द को घोषणा गरेको थियो । सोही योजना अनुशार परिषद्ले विद्यालय बन्दको कार्यक्रम कार्यान्वयन गराउनका लागि शुक्रबार नै ७७ वटै जिल्ला कार्यसमिति र ७ सय ५३ स्थानीय पालिका कार्यसमितिलाई पत्राचार गरिसकेको थियो ।परिषद्ले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीको विभिन्न सेवा सुविधासहित पेशागत स्थायित्वको माग राख्दै केही समयदेखि आन्दोलन गर्दै आइरहेको छ ।
      शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले वार्ता टोली गठन गरेर सम्बादको वातावरण बनाउन आग्रह गरेको भन्दै विद्यालय बन्दको कार्यक्रम तत्कालका लागि स्थगन गरिएको परिषद्का अध्यक्ष गंगाराम तिवारीले बताए ।  वार्ताको माध्यमबाट आन्दोलन राखिएका मागहरु सम्बोधन गर्न सरकार गम्भिर नदेखिएमा सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरेमा, विगत वर्षहरुमा भएका र गरिएका सहमति र सम्झौताहरु कार्यान्वयन नगरेको खण्डमा पुनः आन्दोलनका कार्यक्रम अगाडि बढाउने परिषद्ले चेतावनी दिएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d