मंसिर २०,२०७९ / १२ : ०९ अपरान्ह / 2022-12-06 12:09 pm

        कक्षा १२ को पूरक परीक्षाको नतिजा मंसिर दोस्रो हप्ता हुने

        - ३ हप्ता अगाडि
        कार्तिक २२,२०७९

        काठमाडौं, कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा मंसिर दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने जनाएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले गत असोज ३० र ३१ गते सञ्चालन गरेको थियो ।

        मंसिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनले नतिजा सार्वजनिक गर्न केही ढिलाई हुने भएको परीक्षा नियन्त्रकले जनाएको छ ।

        कर्मचारी तथा शिक्षकहरु चुनावमा व्यस्त भएकोले गर्दा मंसिर दोस्रो हप्तासम्म नतिजा सार्वजनिक हुने बताइएको छ ।

        भदौ १७ गते प्रकाशित भएको नतिजा अनुसार १ लाख ८८ हजार ४१० जना विद्यार्थीले नन ग्रेड ल्याएका मध्ये ग्रेड वृद्धि दिन पाउने (दुई विषयसम्म दिन पाउने) एक लाख ३० हजार ८७८ जनाले परीक्षा दिएका थिए ।

          सम्बन्धित समाचारहरु